कार्यमूलक अनुसन्धान

ड्रप आउट समस्यालाई कम गर्ने विषयक कार्यमूलक अनुसन्धान
पृष्ठभूमि
यस श्री वीरेन्द्र माध्यमिक विद्यालय डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नं ३ मा अवस्थित छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । जिल्ला सदरमुकाम सिलगढी देखि ३४ कोषको पैदल दूरीमा रहेको यस विद्यालयको सेवा क्षेत्रमा बाहुन क्षेत्री‚मगर गुरुङ लामा चौधरी गिरी आदि बिभिन्न थरीको बसोवास रहेको छ । यस विद्यालयको सेवा क्षेत्रको भौगोलिक बनावट भिरालो पखेरो खोलानाला रहेको कारण विद्यालय पुग्न भौगोलिक कठिनाई रहेको छ । वालवालिकाहरुलाई विद्यालय पुग्न १० मिनेट देखि दुई घण्टा सम्म लाग्ने गर्दछ । जनसंख्याको बसाई सराईका कारण यस विद्यालयको सेवाक्षेत्रमा विद्यार्थीहरु कम रहेका छन । अबिभावकमा जनचेतनाको कमी‚वालवालिकाहरुको स्वयंको कारण तथा अबिभावकको कमजोर आर्थिक अवस्थाको कारण विद्यार्थीहरु नियमित उपस्थित नहुने र बर्षेनी ड्रप आउट हुने गरेका छन ।  यस विद्यलालयको प्राथमिक तह भन्दा निमावि तथा मावि तहमा विद्यार्थी ड्रप आउटको समस्या बढी रहेको छ जसले विद्यालयको ठूलो शैक्षिक क्षति गरिरहेको छ । नपाल सरकारले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको नारा दिईरहँदा यस विद्यालयमा कक्षा ८ सम्म पनि नपुगी बीचैमा कक्षा छोड्ने वालवालिकाहरुको संख्या प्रसस्तै रहेको छ ।  अतः यस विद्यालयमा रहेको ड्रप आउट समस्यालाई कसरी कम गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भनी कार्यमूलक अनुसन्धान गर्ने प्रयास गरिएको छ । यस क्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको तथ्यांकलाई आधार मानी कार्यमूलक अनुसन्धान तयार गर्ने जमर्को गरिएको छ ।
 उद्देश्यः
यस कार्यमूलक अनुसन्धानको उद्देश्यहरु यस प्रकार रहेका छनः
यस श्री वीरेन्द्र माध्यमिक विद्यालयमा रहेको ड्रप आउट समस्याको कारण पहिचान गर्ने ।
ड्रप आउट समस्याको कारण पत्ता लगाई कक्षा  ६ मा  ड्रप आउट समस्यालाई न्यूनिकरण गर्ने ।

अध्ययनको औचित्यः
विद्यार्थीहरुको सिकाई उपलब्धिमा बिस्तार गर्नका लागि शिक्षणका विभिन्न उपायहरु अपनाउन सकिन्छ । यस अध्ययनमा यस श्री वीरेन्द्र माध्यमिक विद्यालयमा रहेको ड्रप आउट समस्यालाई न्यूनिकरण गर्नको लागि यस औजारको प्रयोग गरिएको छ । कक्षा ६ मा ६० प्रतिशत अंकको आवधिक र ४० प्रतिशत अंकको निरन्तर मूल्यांकन हुने ब्यवस्था छ । विद्यार्थीहरुलाई विद्यालयमा नियमित रुपमा आउने र बार्षिक परीक्षासम्म टिकाइरहनको लागि यस कार्यमूलक अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ यो जमर्को गरिएको छ । विद्यार्थीहरु नियमित रुपमा विद्यालय आएको खण्डमा विद्यार्थीहरुको ड्रप आउट समस्या न्यूनिकरण हुनुको साथै वालवालिकाहरुको शिक्षण सिकाई उपलब्धि समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।
अध्ययनको सीमा
ड्प आउटको समस्या यस श्री वीरेन्द्र माध्यमिक विद्यालयको मात्र समस्या होइन । देशका बिभिन्न दुर्गम स्थानमा रहेका विद्यालयहरुले यस्तो समस्याहरु भोगीरहेका छन । खास गरी गिरबी‚भौगोलिक बिकटता‚जनचेतनाको कमी‚घरयासी कार्यबोझ र यस्तै अन्य समस्याका कारण वालवालिकाहरु ड्रप आउट हुने गर्दछन । तर यस अध्ययनमा डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको वड  नं ३ मा रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालयलाई मात्र समेटिएको छ । त्यसैमा पनि यस श्री वीरेन्द्र माध्यमिक विद्यालयको कक्षा छ मा अध्ययन गर्ने वालावलिकाहरुको ड्रप आउट के कस्तो छ र त्यसलाई कसरी न्यूनिकरण गर्ने भन्ने कुरामा यो अध्ययन सीमित रहेको छ ।
समस्याको पहिचानः
यस श्री वीरेन्द्र माध्यमिक विद्यालयमा बिभिन्न प्रकारका समस्याहरु बिद्यमान रहेका छन । यस विद्यालयमा कक्षाकोठा‚ खेल मैदान भवन‚ खानेपानी‚ फर्निचर‚ विषयगत शिक्षक दरबन्दीको अभाव‚ विद्यालयमा शिक्षक आवासको अभाव‚ छात्रावासको अभाव कर्मचारीको अभाव जस्ता विविध समस्याहरु रहेका छन । उपर्युक्त विविध समस्याहरु विद्यालयमा विद्यमान रहेता पनि यस अध्ययनमा विद्यार्थीहरुको ड्रप आउट समस्यालाई मुख्य केन्द्रबिन्दू मानिएको छ र त्यसै विषयमा केन्द्रित रहेर अध्ययन गर्ने प्रयास गरिएको छ ।वालवालिकाहरुको ड्रप आउट समस्या सानो कक्षामा भन्दा पनि ठूलो कक्षामा बढी देखिएको र सबै भन्दा बढी ड्रप आउटको समस्या कक्षा ६ मा रहेको कारण ड्रप आउटको मुख्य समस्या कक्षा छ मा रहेको निष्कर्षका साथ यो अध्ययन शुरु गरिएको छ ।
यस कार्यमूललक अनुसन्धानको कार्यान्वयन अवधिः
यस कार्यमूलक अनुसन्धानको कार्यान्वयन अवधि २०७५ साल बैशाख देखि २०७५ साल पौष मसान्त सम्म रहनेछ ।
कार्यविधिः
यस अध्ययनका लागि तपसिल बमोजिमका कार्यविधि अपनाइनेछः
दैनिक हाजिरी जाँच
दैनिक रुपमा नियमित उपस्थित नहुने विद्यार्थीहरुको अभिलेख तयार गर्ने ।
कक्षाकोठामा दैनिक उपस्थित नहुँदा हुने परिणामका बारेमा विद्यार्थीहरुलाई प्रष्ट पार्ने र निरन्तर विद्यार्थी मूल्यांकन प्रणँलीका बारेमा पनि जानकारी गराउने ।
त्रैमासिक तथा अर्धबार्षिक परीक्षामा अनुपस्थित हुने विद्यार्थीको पहिचान गर्ने ।
नियमित उपस्थित नहुने विद्यार्थीहरुलाई दैनिक उपस्थित गराउन उत्प्रेरणा जगाउन पुरस्कृत गर्ने र अनुपस्थित हुने विद्यार्थीहरुलाई गयल जरिवाना गर्ने । धेरै जसो अनुपस्थित रही ड्रप आउटको नजिक पुगेकाहरुलाई कारण पत्ता लगाई विद्यालयमा टिकाई राख्न योजना बनाउने ।
नियमित उपस्थित नहुने विद्यार्थीहरुको अबिभावकहरुसंग भेटघाट गरी छलफल गरी वालवालिकाहरुलाई नियमित विद्यालय पठाउन उत्प्रेरित गर्ने ।
आर्थिक अवस्था कमजोर भएको कारणले नियमित विद्यालय नआएका हुन भने त्यस्ता वालवालिकाहरुलाई नियमित वालवालिकाहरुलाई पुरस्कारको व्यवस्था गर्ने ।

चरणबद्ध रणनीतिक प्रयासहरुः
विद्यार्थीहरुलाइ कसरी विद्यालयमा नियमित उपस्थित बनाई ड्रप आउट दर घटाउन सकिएला भन्ने बिषयमा निम्न बमोजिमको चरणबद्ध प्रयासहरु गरियोः
पहिलो चरणः
योजनाः कक्षा कोठामा अन्तर्क्रिया गर्ने ।
कार्यः
यस पहिलो चरणमा शैक्षिक सत्रको शूरुमा विद्यार्थीहरुसंग विद्यालय नियमित नआए के होला भन्ने बारे अन्तर्क्रिया गरियो । नेपाल सरकारले हाल अपनाउदै आएको मूल्यांकन प्रणाली अनुसार कक्षा ६ मा ६० प्रतिशत आवधिक मूल्यांकन प्रणाली र ४० प्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीका बारेमा जानकारी दिइयो । निरन्तर मूल्यांकन प्रणाली अनुसार विद्यार्थी नियमित विद्यालय आएमा‚कक्षा कार्य गरेमा‚सिर्जनात्मक कार्य गरेमा‚परियोजना कार्य गरेमा‚गृह कार्य गरेमा उसले बढी रेजा चिन्ह पाउने र बढी रेजा चिन्ह पाउने विद्यार्थीहरुको बार्षिक परीक्षामा बढी अंक आउने प्रणाली बारे प्रष्ट पारियो ।
अवलोकनः
विद्यार्थीहरुसंग अन्तर्क्रिया गरे पश्चात कक्षा कोठामा के कस्तो परिबर्तन भयो भनी अवलोकन गरियो । विद्यार्थीको उपस्थिति नियमित भए नभएको पनि अवलोकन गरियो ।
प्रतिबिम्बनः
कक्षा ६ का विद्यार्थीहरुसंग अन्तर्क्रिया पश्चात कक्षाकोठामा अवलोकन गरियो । अवलोकन गर्दा पहिलेको तुलनामा विद्यार्थीहरुको उपस्थिति बृद्धि भएको पाइयो ।  तर अझै केही विद्यार्थीहरु अनुपस्थित भएको पाइएकोले दोस्रो चरणमा जाने निर्णय गरियो ।
दोस्रो चरणः
योजनाः स्टाफ तथा अबिभावकको संयुक्त बैठकमा छलफल गर्ने ।
कार्यः शुक्रबारका दिन छुट्टी भए पश्चात स्टाफ तथा अबिभावक बैठकमा विद्यार्थीको नियमित उपस्थिति नभएको सम्बन्धमा के गर्ने भन्ने प्रस्ताव राखी छलफल गर्दा विद्यालयमा नियमित रुपमा आउने वालवालिकाहरुलाई पुरस्कृत गर्ने र अनुपस्थित हुने विद्यार्थीलाई दैनिक रुपमा गयल जरिवाना लगाउने निर्णय पारित गरियो । विद्यार्थीहरुको घरमा जरुरी काम परेमा कक्षा शिक्षकलाई निबेदन दिएर मात्र बिदामा बस्नुपर्ने ब्यहोरा पनि निर्णय गराइयो । सो अनुसार हप्ताको एक दिन उत्कृष्ट हाजिर हुने विद्यार्थीलाइ कापी र डटपेन पुरस्कार दिइयो । अरु पनि यसरी नै धेरै हाजिर हुने विद्यार्थीले यसरी नै पुरस्कार पाउने कुराको जानकारी गराइयो ।  तर गयल हुने विद्यार्थीहरुबाट भने दिनको १ रुपैयाँ गयल जरिवाना वाफत शुल्क लिने गरियो ।
अवलोकनः स्टाफ तथा अबिभावको संयुक्त बैठकको निर्णय पश्चात कक्षाकोठामा आएको परिबर्तनका बारेमा अनुगमन गरियो ।
प्रतिबिम्बनः  बैठकको निर्णयानुसार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने र गयल हुने बाट गयल जरिवाना लिने गरे पश्चात सबै विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउने गरेको पाइयो ।कुनै विद्यार्थीको घरमा काम परेको वा बिरामी भएमा कक्षा शिक्षकलाई निबेदन दिने गरेको पाइयो । यसरी नियमित विद्यालय आउने बानी भए पश्चात परीक्षा सम्म सबै विद्यार्थीहरु टिकेको पाइयो । अर्धबार्षिक परीक्षा अवधि सम्म
कुनै पनि विद्यार्थीले विद्यालय नछोडेकोले तेस्रो चरण सम्म प्रबेश गरिएन ।

निष्कर्षः
श्री वीरेन्द्र माध्यमिक विद्यालय घाङलमा रहेको ड्रप आउटको समस्याले ठूलो शैक्षिक क्षति गरिरहेको थियो । यो समस्याले वद्यार्थीहरुको शैक्षिक सिकाई उपलब्धि न्यून हुनुको साथै कक्षा दोहोर्याउने दर पनि बढी रहेको थियो । यस अध्ययनले कक्षा ६ का विद्यार्थीहरु बर्षभरी नै नियमित विद्यालय आउने भए । कक्षा ६ मा अध्ययन गरिएको यो अध्ययन अन्य कक्षामा पनि लागू गरे विद्यार्थीहरुको नियमित उपस्थिति बढाउन सकिने र उनीहरुको सिकाई उपलब्धि बृद्धि गर्न सकिनुको साथै ड्रप आउट दरलाई घटाई शैक्षिक क्षति न्यूनिकरण गर्न सकिन्छ ।
प्रस्तुतकर्ताः
नन्दराम बुढामगर
प्रा०शि० द्वितीय
श्री वीरेन्द्र माध्यमिक विद्यालय
बडिकेदार ३‚घाङल‚डोट

Comments

Popular posts from this blog

घर्ब्या (दोख्या) बुढामगर बंशावली

शैक्षिक ब्यबस्थापन